दफा ३५ख
आयोगले अन्य काम गर्न सक्ने
(१) आयोगले भ्रष्टाचार निवारण वा नियन्त्रण गर्ने उद्देश्यले खडा भएका राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थासंग आवश्यक समन्वय कायम गर्न वा त्यस्ता संस्थासंग आपसी सम्बन्ध र सहयोग वृद्धि गर्न सक्नेछ ।
(२) भ्रष्टाचार वा अनुचित कार्य हुन नदिनका लागि निरोधात्मक उपायहरूको खोजी, अनुसन्धान र प्रक्रिया विकास तथा तत्सम्बन्धमा जानकारी अभिवृद्धि गर्न आयोगले आवश्यक ठानेका अख्तियार दुरूपयोग निवारणको प्रवद्र्धनात्मक कार्यहरू गर्न सक्नेछ ।